तालिबान सरकारद्वारा १४ लाख अफगान महिलालाई शिक्षामा प्रतिबन्ध

  • ई-सरोकार
  • २०८१ श्रावण ३१, बिहिबार
  • ५१ पटक पढिएको

तालिबान सरकारद्वारा १४ लाख अफगान महिलालाई शिक्षामा प्रतिबन्ध

काबुल । अफगानिस्तानमा तालिबान सरकारले १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले जनाएको छ।

सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले सरिया वा इस्लामिक कानूनको उल्लंघन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो। सत्ता कब्जा गरेदेखि उसले कम्तिमा १४ लाख महिलाहरुलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ। यो सङख्या सन् २०२३ को तथ्यांकभन्दा तीन लाखले बढी हो।

प्रतिबन्ध लागू हुनुअघिदेखि शिक्षाको पहुँचमा नभएका महिलाको संख्या जोड्दा अफगानिस्तानमा करिब २५ लाख महिला शिक्षाको अधिकारबाट बञ्चित रहेका बताइएके छ। विद्यालय जाने उमेरका युवतीहरूको कुल संख्याको ८० प्रतिशत हो।

तालिबान सरकारले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित