कमलालक्षित ट्रम्पको नश्लीय प्रश्न : अश्वेत कि भारतीय ?

  • ई-सरोकार
  • २०८१ श्रावण १७, बिहिबार
  • ३७८ पटक पढिएको

Post Thumbnail

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसको नश्लीय पहिचानप्रति टिप्पणी गरेका छन् ।

अश्वेत पत्रकारहरुको सम्मेलनमा बहसका क्रममा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको सम्भावित उम्मेदवार ह्यारिसको पहिचानमा प्रश्न गरेका हुन् ।

ह्यारिसले आफूलाई एसियन-अमेरिकन बताउने गरेको उल्लेख गर्दै शिकागोमा नेशनल एसोसियसन अफ ब्ल्याक जर्नालिस्ट कन्फ्रेन्समा ट्रम्पले भने, ‘केही वर्ष अघिसम्म मलाई थाहा थिएन कि उनी अश्वेत हुन् । अब उनी आफूलाई अश्वेत व्यक्तिका रुपमा प्रस्तुत गर्न चाहान्छिन् ।त्यसैले मलाई थाहा छैन कि उनी काला जातिकी हुन् वा भारतीय ।’

ट्रम्पको टिप्पणीलाई ह्यारिसले पुरानो समयको विभाजनकारी र अपमानजनक व्यवहार भनी प्रतिक्रिया दिएकी छिन् ।

अश्वेत समुदायका महिलाहरुको संगठन सिग्मा गामा रोको सभामा ह्यारिसले भनिन्, ‘अमेरिकीहरु अझै उत्कृष्टको हकदार छन् । हामीलाई यस्तो नेता चाहिन्छ जसले बुझ्दछ कि हाम्रो भिन्नताले हामीलाई विभाजन गर्दैन- ती हाम्रो शक्तिको महत्वपूर्ण स्रोत हुन् ।’ बिबिसी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट