अखिल (क्रान्तिकारी)को नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा

  • ई-सरोकार
  • २०८१ माघ ९, बुधबार
  • ८ पटक पढिएको

अखिल (क्रान्तिकारी)को नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौँ — माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व लिन त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । संगठनको नेतृत्व लिने आकांक्षीहरुले मंगलबार मनोनयन दर्ता गरेका छन् ।

माओवादी केन्द्रकाे पदाधिकारी बैठकले विद्यार्थी नेतृत्व चयनका लागि सहमतिको प्रयास गरे पनि प्रतिस्पर्धी नेताकाे संख्या धेरै भएकाले टुंगोमा पुगेन । अध्यक्ष पुष्पकमल दाहालले ‘सकेसम्म’ सहमति गर्नु राम्रो हुने बताए पनि अन्य नेताहरुले प्रतिस्पर्धाका लागि खुला राख्नुपर्ने बताएका थिए । सर्वसम्मत गर्ने र नगर्नेबारे पार्टी पदाधिकारीबीच मत बाझिएपछि प्रत्यक्ष निर्वाचनको तयारी छ ।

 

अनलाइनमाध्यामबाट उम्मेदवारी मनोनयनको व्यवस्था गरिएकाे छ । नेताहरुले मनोनयन गर्ने समय मंगलबार राति नौबजेसम्म तोकिएको इञ्चार्ज हिमाल शर्माले बताए ।

‘नेतृत्व लिन प्रतिस्पर्धाका लागि मनोनयन भएको छ,’ उनले भने, ‘मनोनयन दर्ता भइसकेपछि सकेसम्म सहमति खोज्ने प्रयास हुन सक्छ ।’

वर्गीकृत विज्ञापन

अखिल क्रान्तिकारीका एक नेताका अनुसार संस्थापन, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा पक्षका विद्यार्थीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

अध्यक्षका लागि हेमन्त राई, सुदीन पौडेल, उपदेश यादव र विजय सापकोटाले उम्मेदवारी दिएका छन् । महासचिवमा रोशन थापा मगर, गोविन्द बानियाँ र पदम काफ्लेले मनोनयतपत्र दर्ता गराएका छन् । नेतृत्वका लागि माघ १२ मा निर्वाचत हुँदैछ । सातै प्रदेशमा निर्वाचन केन्द्रमा मतदान हुनेछ ।

पुस १४ मा भएको निर्वाचनमा अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा बहुमत आएको थियो । त्यही मत परिणामअनुसार नेतृत्व लिन ३२ वर्ष उमेरमुनिका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट