एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

  • ई-सरोकार
  • २०८१ श्रावण १६, बुधबार
  • ८६ पटक पढिएको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक बोलाइएको हो ।

बैठकमा क्लस्टरअनुसार केन्द्रीय कमिटीको आकार थप गर्ने विषयमा छलफल हुने बताइएको छ । समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ ।

एकीकृत समाजवादीमा हाल विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा ३२९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको बताइएको छ।

पार्टीको हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरे पनि बाँकी सदस्य मनोनित गर्न बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट