सबैले खोसाखोस, बिग्रेपछि दोषा-दोष गर्ने प्रवृत्तिले देश बनेन : निर्देशक अधिकारी

  • ई-सरोकार
  • २०८१ भाद्र १, शनिबार
  • ८२ पटक पढिएको

सबैले खोसाखोस, बिग्रेपछि दोषा-दोष गर्ने प्रवृत्तिले देश बनेन : निर्देशक अधिकारी

काठमाडौं । राजश्व अनुसन्धान विभागका सूचना अधिकारी तथा निर्देशक नवराज अधिकारीले देश सुध्रिन शासन प्रणाली सुध्रिनुपर्ने बताएका छन्। पाएसम्म कर छली गर्ने र अवैधानिक गतिविधि गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले अरुलाई दोषारोपण गर्दा देश सुध्रिन नसकेको बताए।

तराई विकास तथा सञ्चार केन्द्र काठमाडौँले शुक्रवार काठमाडौँमा आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौती विषयक छलफल कार्यक्रममा निर्देशक अधिकारीले यस्तो धारणा राखेका हुन्।

‘सबै खोसाखोस, देश बिग्रे दोषादोष । देश बिग्रे के कारणले ? कर्मचारीका कारणले ? राजनीतिका कारणले ? पत्रकारका कारणले ? तर हाम्रो भूमिका के छ भन्नेमा निर्भर हुन्छ । सकेसम्म कर छली गर्ने, कर कानुनको परिपालना नगर्ने खालका अवैधानिक र अनैतिक गतिविधि गर्ने गरेको पाइन्छ । अनि कहाँ हुन्छ शुसासन,’ उनले भने।

भावी पिँढीलाई टिकाइराख्न सुशासन आवश्यक रहेको औंल्याउँदै अधिकारीले त्यसका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वले नैतिकता, निष्ठा, विवेकशीलतामा आधारित रहेर काम गर्नुपर्ने प्रष्ट पारे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित