विराटनगर । विराटनगर महानगरपालिकाले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ। बिहीबार आयोजित महानगरको कार्यपालिका बैठकले लेखक विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो।
प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, सदस्यसचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी) तथा कार्यसमिति सदस्यहरुमा माया पौडेल आशावादी (नृत्य/गीतसंगीत), गंगा सुवेदी (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य/रंगमञ्च) र शिवनारायण पण्डित सिंगल (मातृभाषा) मनोनयन भएका छन्।
यसैगरी, प्राज्ञसभा सदस्यमा प्रा.डा हरिहर भण्डारी, हाँस्यव्यङ्ग्यकवि लक्ष्मण नेवटिया, कवि गोकुल अधिकारी, गायक रामा मण्डल, साहित्यकार हरि कट्टेल, कवि भेषराज पोखरेल, साहित्यकार रामबाबु दाहाल, निर्देशक तथा कलाकार केशव रायमाझी, साहित्यकार डा. विमला श्रेष्ठ, कवि सविता गौतम दाहाल, साहित्यकार शुभलक्ष्मी लम्साल र कलाकार इन्द्र परियार छन्।