टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

  • ई-सरोकार
  • २०८१ श्रावण ३०, बुधबार
  • २२७ पटक पढिएको

टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

आज बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पेस गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ सभाबाट बहुमतले पारित भएको हो।

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक अब राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाले पारित गरेपछि विधेयक पुनः प्रतिनिधिसभामा आउनेछ। विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ।

१ फागुन, २०५२ मा तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोह ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौतामा पुगेर टुंगिएको थियो। शान्ति सम्झौताअनुसार संविधानसभाको निर्वाचन, माओवादी लडाकूहरुको व्यवस्थापनलगायतका काम भएपनि संक्रमणकालीन न्यायको काम बाँकी नै छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट