प्रचण्डलाई प्रभाकरका प्रश्नै प्रश्न

नेतृत्व हस्तान्तरण गर्न सुझाव
  • ई-सरोकार
  • २०८१ श्रावण २९, मंगलबार
  • १७० पटक पढिएको

प्रचण्डलाई प्रभाकरका प्रश्नै प्रश्न

काठमाडौं । गत शनिबारदेखि सुरू भएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी नेतृत्वबारे प्रश्न उठाएका छन् ।

बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै प्रभाकरले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका छन्। त्यसका लागि उनले तीन वटा विकल्पसमेत प्रस्तुत गरेका छन्।

जनयुद्धका दौरान प्रचण्डको नेतृत्व सफल रहेको भए पनि पहिलो संविधानसभा निर्वाचन पछि माओवादीको मत १४ लाख, ११ लाख हुँदै खुम्चिँदै शून्यतर्फ अभिमुख भइरहेको शर्माको जिकिर छ।

शान्ति प्रक्रियायता पटकपटक सरकारको नेतृत्वसहित सरकारमा सहभागी भए पनि उपलब्धीहरू संस्थागत गर्न भने नेतृत्व चुकेको शर्माले औंल्याएका छन्। नेतृत्व हस्तान्तरणबिना पार्टी पुनर्निर्माणको प्रश्न हल नहुने आशय व्यक्त गर्दै प्रभाकरले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरी महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनमध्ये एक बाटो रोज्न सुझाव दिएका छन्।

साथै शर्माले महाधिवेशन, विधान सम्म्मेलन र केन्द्रीय समितिमा आफूले राखेका फरक मतका आधारमा अध्यक्षले पूर्वाग्रही ढंगले व्यवहार गरेको आरोप समेत लगाएका छन्।

‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो,’ उनले भने, ‘उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ, कसलाई साथ दिने भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो।’

यस्तो छ शर्माले बैठकमा प्रस्तुत गरेको प्रस्ताव : 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट