प्रस्तावित १७ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु

  • ई-सरोकार
  • २०८१ श्रावण २९, मंगलबार
  • २४३ पटक पढिएको

प्रस्तावित १७ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । १७ देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गरेको हो।

सरकारले यही साउन १४ गते विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

डा. शंकर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलङ्का) र रीता धिताल (पाकिस्तान)का निम्ति आवासीय नेपाली राजदूतमा सिफारिस भएका छन्।

यसैगरी, नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा शैल रुपाखेती (जर्मनी), जङ्गबहादुर चौहान (रुसी महासङ्घ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेल (पोर्चुगल)लाई सिफारिस भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट