काठमाडौं । बाढीपहिरो लगायतका विपदमा परी गत जेठदेखि हालसम्म देशभर १७३ जनाले ज्यान गुमाएका छन्।
बाढीपहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा तीनजना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना (उपत्यकाबाहेक), गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी १७३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २२३ जना घाइते भएका छन्।
यसैगरी बाढीपहिरामा परी कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुईजना, लुम्बिनी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एकजना र सुदूरपश्चिम प्रदेशमा एकजना गरी ४८ जना अझै बेपत्ता छन्।
बाढीको कारण ३८४ घर डुबानमा परेका छन्। २७५ वटा घर, १०४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीपहिराबाट ८१२ वटा पशुचौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार तीन सय २२ घर परिवार विस्थापित भएका छन्।