काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
शिष्टाचार भेटका लागि काठमाडौं आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा दुईदिने भ्रमणमा आएका मिस्रीले आजै माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।
प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण थाइल्याण्डबाट गर्न लागेका ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। आगामी भदौ तेस्रो साता थाइल्याण्डमा बिम्सटेक राष्ट्रहरूको शिखर सम्मेलनमा सदस्य राष्ट्रको कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री ओली थाइल्याण्ड जाने तय भएको छ।