कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अनाज मकै

  • ई-सरोकार
  • २०८१ श्रावण २७, आईतबार
  • ४२ पटक पढिएको

कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अनाज मकै

सुर्खेत । कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०र८१ मा पाँच लाख ५२ हजार नौ सय ३० मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो । जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन हुने गरेको छ।

गत आवमा दुई लाख १९ हजार आठ सय दुई मेट्रिक टन मकै उत्पादन भएको छ। त्यसपछि गहुँ उत्पादन एक लाख ५२ हजार छ सय २१ मेट्रिक टन छ भने धान एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको छ।

उत्पादनका हिसाबले कर्णालीमा धान उत्पादन तेस्रो नम्बर छ। जौ ११ हजार पाँच सय ५६ मेट्रिक टन, कोदो १६ हजार तीन सय १० मेट्रिक टन, फापर तीन हजार ८८ मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ।

यसैगरी प्रदेशमा उवा एक हजार आठ सय १९ मेट्रिक टन उत्पादन हुँदा चिनो एक हजार छ सय ८१ मेट्रिक टन, कागुनो नौ सय ३६ मेट्रिक टन र लट्टे ४५ मेट्रिक टन उत्पादन भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित