पेरिस । पेरिस ओलम्पिकमा ३० स्वर्णसहित सबैभन्दा बढी १०३ पदक जित्दै अमेरिका शीर्ष स्थानमा छ। अमेरिका ३० स्वर्ण, ३८ रजत र ३६ कास्यसहित सबैभन्दा बढी १०४ पदकसहित अंक तालिकाको सबैभन्दा माथि छ।
सबैभन्दा धेरै स्वर्ण जितेपनि चीन कुल ७७ पदकसहित तालिकाको दोस्रो स्थानमा छ। चीनले ३२ स्वर्ण, २५ रजत र २० कास्य पदक हात पारेको छ।
अष्ट्रेलिया १८ स्वर्ण, १५ रजत र १४ कास्य पदकसहित कुल ४७ पदक जित्दै अ तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २२ कास्यसहित ५५ पदक हात पारेको छ।
पाँचौं स्थानमा रहेको बेलायतले १४ स्वर्ण, १७ रजत र २१ कास्यसहित कुल ५२ पदक जितेको छ । जापान, दक्षिण कोरिया, जर्मनी, नेदरल्याण्ड र इटाली तालिकाको क्रमशः शीर्ष १० स्थानमा रहेका छन्।
जापानले १३ स्वर्णसहित कुल ३४ पदक जित्दा दक्षिण कोरियाले १३ स्वर्णसहित कुल २८, जर्मनीले ११ स्वर्णसहित कुल २७, नेदरलयान्ड्सले ११ स्वर्णसहित कुल २५ र इटालीले १० स्वर्णसहित कुल ३२ पदक हात पारेको छ।