संविधान संशोधन हुनसक्ने व्यवस्था संविधानमै छ : उपप्रधानमन्त्री सिंह

  • ई-सरोकार
  • २०८१ श्रावण २५, शुक्रबार
  • ८६ पटक पढिएको

संविधान संशोधन हुनसक्ने व्यवस्था संविधानमै छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानले दिएको अधिकार कटौती गर्न खोजिएको भन्ने गलत प्रचार भइरहेको भन्दै त्यस्तो दुष्प्रचारको पछि नलाग्न आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंमा विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन्।

संविधानमा रहेको संघीय, लोतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कार्यान्वयनमा लैजाँदै जनतालाई थप अधिकार सम्पन्न बनाउन संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको मन्त्री सिंहको दाबी छ ।

जनतालाई अधिकार सम्पन्न बनाउन ०७ साल, ०४६ साल र ०६२-६३ सालमा कांग्रेस नेतृत्वमा आन्दोलन भएको भन्दै उनले कांग्रेस नेतृत्वमा जारी भएको ०७२ को संविधानमा रहेको व्यवस्था कार्यान्वयनमा जोड दिए।

थप अधिकारको कुरा गर्दा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेतर्फ ध्यान दिन आग्रह गर्दै उनले विधि र प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्ने व्यवस्था संविधानले नै सुरक्षित गरेको पनि प्रष्ट पारे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट