काभा वुमन्स लिगको उपाधि भारतलाई

  • ई-सरोकार
  • २०८१ श्रावण २३, बुधबार
  • १७८ पटक पढिएको

काभा वुमन्स लिगको उपाधि भारतलाई

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिगको उपाधि उचाल्न नेपाल पुनः चुकेको छ। दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै पुनः भारतले उपाधि चुमेको हो।

पहिलो सेटमा भारतलाई २५–२३ ले पराजित गरेको नेपाल दोस्रो सेटमा २५–१४ ले पराजित भयो । तेस्रो सेटमा स्वाभाविक लयमा फर्किंदै भारतलाई २५–२२ ले पराजित गरेको नेपालले पुनः लय गुमायो।

२१–१८ ले चौथो सेट भारतलाई सुम्पेको नेपालमाथि पाचौँ सेटमा भारतले दबाबमा राख्यो। असन्तम सेट १५–५ ले जित्दै भारतले उपाधिमा पुनः कब्जा जमाएको हो।

फाइनलमा पराजित नेपालले दोस्रो स्थानमा चित्त बुझाएको छ। प्रतियोगिताको तेस्रो स्थान इरानको नाममा छ। प्रतियोगिताअन्तर्गत यसअघि आजै भएको श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै इरानले तेस्रो स्थान जोगाएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट