नेपाल प्रहरीका चार एआइजीको सरुवा

  • ई-सरोकार
  • २०८१ श्रावण २२, मंगलबार
  • ६९ पटक पढिएको

नेपाल प्रहरीका चार एआइजीको सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दीपक थापा, किरण बज्राचार्य, श्यामलाल ज्ञवाली र रामदत्त जोशीको सरुवा गरेको हो।

थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा, बज्राचार्य उपत्यका प्रहरी कार्यालयमा, ज्ञवाली प्रदेश समन्वय विभागमा र जोशी कार्य विभागमा सरुवा भएका छन्। जोशी हालै बढुवा भएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट