३४ जिल्लामा रेड अलर्ट जारी, बुधबारसम्म रात्रिबस चलाउन रोक

  • ई-सरोकार
  • २०८१ श्रावण २२, मंगलबार
  • ७९ पटक पढिएको

३४ जिल्लामा रेड अलर्ट जारी, बुधबारसम्म रात्रिबस चलाउन रोक

काठमाडौं । सरकारले रेड अलर्ट जारी भएका ३४ जिल्लामा बुधबारसम्म रात्रिबस चलाउन रोक लगाएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै जानकारी गराएको छ।

आज मंगलबार र भोलि बुधबार पाँच प्रदेशका विभिन्न ३४ जिल्लामा भारी र अति भारी वर्षाको प्रक्षेपण गरिएको छ। ती जिल्लामा उच्च जोखिम रहेकाले सरकारले रात्रीबस संचालनमा रोक लगाएको हो।

कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखालाई रेड अलर्ट जोनमा राखिएको छ।

यसैगरी, लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा पनि उच्च जोखिमको सम्भावना औंल्याइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट