काठमाडौं । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह दोस्रोपटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन्। आइतबार बिहान नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
समग्रमा उनी सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन्। पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए। केन्द्रमा भएको सत्तासमीकरण फेरबदलसँगै अल्पमतमा परेर राजीनामा दिएका शाह पुनः सत्तासमीकरण फेरबदलले मुख्यमन्त्री बनेका हुन् ।
शाहसँगै बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा मुख्यमन्त्रीको आकांक्षी भएपनि सभापति शेरबहादुर देउवाको निर्देशनपछि शाह दोस्रोपटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।