काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको क्लोज क्याम्प (बन्द कार्यशाला)ले यो वर्ष राष्ट्रिय भेला र अर्को वर्ष महाधिवेशन गर्न सुझाव दिएको छ ।
बन्द कार्यशालाले यही असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न तथा २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
शुक्रबार र शनिबार भएको बन्द कार्यशालाले स्थानीय तहमा छायाँ सरकार गठन गर्ने, संविधान संशोधनको विषयमा पार्टीको अवधारणा तयार गर्न, पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्रलगायत अन्य दस्ताबेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्न लगायत विभिन्न १५ सुझाव दिएको छ ।