काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा मिस नेपाल २०२३ सृच्छा प्रधानले केसीलाई ताज लगाइदिइन् ।
२६ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौं निवासी आस्माले ताज जितेकी हुन् । २६ वर्षीया उनी सोसल वर्कमा स्नातक अध्ययनरत छिन् ।
यसैगरी, मिस नेपाल अर्थको उपाधि सुमन केसी तथा मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरे ।
सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजनरी अवार्ड पाए ।