काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका सोडारीले साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुख मियाँले सोडारीको राजीनामा स्वीकृत गर्दै तीन दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
संविधानको धारा १६८ ९२० बमोजिम आइतबार साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान भएको हो । नयाँ मुख्यमन्त्री नियुक्त नभएसम्म सोडारी नै कामचलाउ मुख्यमन्त्री रहनेछन् ।
गत २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए । सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिए त्यसको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था भएकोमा सोडारीले आज अन्तिम दिन राजीनामा दिएका हुन् ।