काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३४४ जनाको केन्द्रीय कमिटी घोषणा गरेको छ ।
शुक्रबार अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरुको नामावली टुंग्याएका हुन् ।यसअघि असार १६ देखि २९ सम्म चलेको दशौं महाधिवशेनले ९३ जनाको नाम घोषणा गरेको थियो ।
एकीकृत समाजवादीको विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने उल्लेख भए पनि आकांक्षी धेरै भएपछि ३४४ जना पुर्याइएको हो ।
२१ पदाधिकारीमध्ये अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरे पनि अन्य पदाधिकारीसमेत अझै टुंगो लागेको छैन ।
हेर्नुहोस् सूची :