नागरिक उन्मुक्ति सरकारमा सहभागी, चौधरी बने राज्यमन्त्री

  • ई-सरोकार
  • २०८१ श्रावण १८, शुक्रबार
  • १४० पटक पढिएको

नागरिक उन्मुक्ति सरकारमा सहभागी, चौधरी बने राज्यमन्त्री

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्तिका अरुणकुमार चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

चौधरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नागरिक उन्मुक्तिसँगै नेपाली कांग्रेसबाट दुई राज्यमन्त्री थपिएका छन् । रुपा विकले वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट