काठमाडौं । नेकपा (एमाले)ले १७ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्य चयन मनोनीत गरेको हो ।
मनोनीत हुनेहरूमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) छन् ।
यसैगरी, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जबेगु (पाँचथर) रहेका छन् ।