पेट्रोल र डिजेलको मूल्य घट्यो

  • ई-सरोकार
  • २०८१ श्रावण १७, बिहिबार
  • ३९ पटक पढिएको

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपालमा पेट्रोल १ तथा डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँले घटाइएको नेपाल आयल निगमले जनाएको छ । मूल्य घटेसँगै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० तथा डिजेल । मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ तथा दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य १६९ रुपैयाँ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ।

हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित