राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रमुख नियुक्त

  • ई-सरोकार
  • २०८१ श्रावण १६, बुधबार
  • २७४ पटक पढिएको

राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रमुख नियुक्त

काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा प्रमुखहरु नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा प्रमुख नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बागमती प्रदेशको प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशको प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशको प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन् ।

मन्त्रिपरिषदले यसअघिका प्रमुखहरु यादवचन्द्र शर्मा (बागमती), अमिक शेरचन (लुम्बिनी) र तिलक परियार (कर्णाली)लाई पदमुक्त गरी उनीहरुलाई नियुक्त गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट