काठमाडौं । नेपाली सेनाका रथी अशोकराज सिग्देलले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई कामु प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। साउन २५ गतेबाट लागू हुने गरी सो निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
हालका प्रधानसेनापति प्रभुराम शर्माको तीनवर्षे कार्यकाल आगामी भदौ २४ गते सकिंदैछ। त्यसको एक महिनाअघि उनी बिदा बस्ने भएकाले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो ।