वैदेशिक व्यापार

एक वर्षमा झण्डै चार अर्बको सिमेन्ट निर्यात

  • ई-सरोकार
  • २०८१ श्रावण १६, बुधबार
  • ८४ पटक पढिएको

एक वर्षमा झण्डै चार अर्बको सिमेन्ट निर्यात

काठमाडौं । नेपालले एक वर्षमै झण्डै चार अर्बको सिमेन्ट निर्यात गरेको छ । आव ०८०/८१ मा नेपालले तीन अर्ब ८५ करोड रुपैयाँबराबरको २८ लाख ३९ हजार टन सिमेन्ट–क्लिंकर भारत निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

त्यसअघि अघिल्लो आथिक वर्ष ०७९/८० मा ७७ करोड ९३ लाख रुपैयाँबराबरको (१० लाख चार हजार टन) मात्रै सिमेन्ट निर्यात भएको थियो । आव ०८०/८१ मा सो रकम पाँच गुणाले वृद्धि भएको हो ।

नेपालले २४ असार ०७९ देखि सिमेन्ट–क्लिंकर भारत निर्यात सुरु गरेको थियो । निर्यात सुरु भएको दोस्रो वर्षमै सिमेन्ट–क्लिंकर नेपालबाट निर्यात हुने प्रमुख १५ वस्तुभित्र परेको छ ।

नवलपरासीस्थित पाल्पा सिमेन्ट उद्योगले पहिलोपटक नेपालबाट भारतीय बजारमा सिमेन्ट निर्यात थालेको थियो । त्यसयता अर्घाखाँची सिमेन्ट, बालाजी सिमेन्ट, सिजी पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, सौर्य सिमेन्ट, घोराही, सम्राटलगायतले सिमेन्ट–क्लिंकर निर्यात गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित