काठमाडौं । पद्मश्री साहित्य पुरस्कार–२०८० का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले निर्णायक समितिको सिफारिसअनुसार उत्कृष्ट पाँच पुस्तकको नाम सार्वजनिक गरेको हो ।
पहिलो चरणमा छनोट भएका उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तकबाट संक्षिप्त सूची सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कृष्ण गौतमको अद्वैत (उपन्यास), सानु शर्माको अर्को देशमा (कथासंग्रह), रोशन शेरचनको गल्ली संसार (निबन्धसंसार), कुमार नगरकोटीको जोगियाना (संस्मरण) र गोविन्दप्रसाद कुसुमको भृकुटी (उपन्यास) सूचीमा परेका छन् ।
यी पाँच पुस्तकमध्ये एकलाई वर्ष-२०८० को पद्मश्री साहित्य पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ ।