आगामी निर्वाचन एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

  • ई-सरोकार
  • २०८१ श्रावण १५, मंगलबार
  • ९७ पटक पढिएको

आगामी निर्वाचन एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनमा एक्लै लड्ने गरी तयारी गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले मंगलबार यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले बैठकपछि जानकारी दिए ।

शुक्रबारदेखि सुरु भई पाँच दिनसम्म चलेको बैठकको अन्तिम दिन आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका थिए ।

यसअघि गठबन्धन गर्दा पार्टी सिद्धान्त र विचारहरु जनतामा लैजान अफ्ठ्यारो परेको बताउँदै उनले अब एक्लै लडेर जनताको बीचमा जाने अवसर मिलेको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट