काठमाडौं । न्याय सेवा आयोगले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ भने दुईजनालाई सरुवा गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले सहसचिवद्वय आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुंगानालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा भएसँगै रक्षा मन्त्रालयमा रहेका श्रेष्ठ सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएका छन् भने ढुंगाना नेपाल कानुन आयोगमा यथावत छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा श्रेष्ठको पदस्थापन भएसँगै त्यहाँका सचिव उदयराज सापकोटा कानुन मन्त्रालय सरुवा भएका छन् । कानुन मन्त्रालयाबाट फणिन्द्र गौतम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयम सरुवा भएका छन् ।