बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

  • ई-सरोकार
  • २०८१ श्रावण १५, मंगलबार
  • २४७ पटक पढिएको

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत पाएका छन् । मंगलबारको प्रदेश सभा बैठकबाट लामाले विश्वासको मत पाएका हुन् ।

११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५६ मत आवश्यक पर्नेमा लामाले ६४ मत प्राप्त गरे ।

लामाले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३५ जनाले मत जाहेर गर्दा तीन सांसद तटस्थ बसेका थिए । मंगलबारको बैठकमा १०३ प्रदेश सभा सदस्य उपस्थित थिए ।

कांग्रेस र एमालेका ६४ सांसदको समर्थनमा साउन ८ गते कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामा मुख्यमन्त्री नियुक्त भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट