आत्मनिर्णय गरी घोषणा गरिएको लिंग नै वास्तविक हुने सर्वोच्चको ठहर

  • ई-सरोकार
  • २०८१ श्रावण १५, मंगलबार
  • १२३ पटक पढिएको

आत्मनिर्णय गरी घोषणा गरिएको लिंग नै वास्तविक हुने सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले व्यक्तिको लिंग निर्धारण गर्दा उसको स्वअनुभूति नै मुख्य हुने फैसला गरेको छ।

पारलैंगिक महिला रुक्साना कपालीले दायर गरेको रिटमाथि फैसला गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश कुमार चुँडालको इजलासबाट आत्मनिर्णय नै मुख्य हुने फैसला गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले रजिस्ट्रेसन फारम दर्ता गर्न इन्कार गरेपछि कपालीले उच्च शिक्षा अध्ययनबाट आफू वञ्चित रहेको दाबीसहित सर्वोच्चमा रिट दायर गरेकी थिइन्। गत वर्ष २० कात्तिकमै भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

स्वअनुभूतको लैंगिक पहिचान नहुँदै तयार गरिएका जन्मदर्तालगायतका कागजातकै आधारमा आजीवन सोही लैंगिकताका आधारमा पहिचान हुन जरुरी नरहेको सर्वोच्चले ठहर गरेको छ।

त्यस्ता व्यक्तिलाई जैविक लिंगकै आधारमा लैंगिक पहिचानलाई निरन्तरता दिँदा उनीहरुको संविधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हकको उल्लंघन हुने सर्वोच्चको ठहर छ।

‘व्यक्तिले आफूलाई कुन लिंगीको हो भनी आफैँले अनुभूत गरेको आधारमा आत्मनिर्णय गरी घोषणा गरिएको नाम र लिंग नै त्यस्तो व्यक्तिको वास्तविक नाम र लिंग मान्नुपर्ने हुन्छ’, फैसलामा भनिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट