नेप्सेमा २७.५४ अंकको गिरावट, १ अर्ब १५ करोडको कारोबार

नेप्सेमा आइतबार बुल २१० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ

नेप्सेमा २७.५४ अंकको गिरावट, १ अर्ब १५ करोडको कारोबार

३ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.५४ अंक (१.४६ प्रतिशत) ले गिरावट हुँदा १८५५.०६ अंकमा बन्द भएको छ ।

सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य उपसूचकमा पनि २ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशतले गिरावट भएको छ ।

धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । आइतबार नेप्सेमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाख ११ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार र नबिल बैंकको ५ करोड ४१ लाख १३ हजारको कारोबार भएको छ ।

नेप्सेमा आइतबार बुल २१० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये इस्टन हाड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा धौलागिरि लघुवित्तको सेयर मूल्य ८.२० प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६.११ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.३५ प्रतिशतले वृद्धि भएको छ ।

रिडी र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा अपेक्षाकृत लाभांश नआएको महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७.३१ प्रतिशत र गत आर्थिक वर्षको मुनाफबाट लाभांश नदिने घोषणा गरेको मञ्जुश्री फइनान्सको सेयर मूल्य ७.१३ प्रतिशतले गिरावट भएको छ ।

लेखकको बारेमा

  • करिब दुई दशकदेखि प्रिण्ट तथा इलेक्ट्रोनिक मिडियामा लेखन कार्यमा निरन्तर क्रियाशील लेखक/विश्लेषक/स्तम्भकार आचार्य लाल्टिन फाउण्डेशनद्वारा प्रवर्द्धित इ-सरोकार डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट

    यो साताको प्रचलित