२५ मंसिर, काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले भने, ‘म प्रशिक्षकको पदबाट राजीनामा दिन्छु । मैले यो पद केही समयको लागि मात्रै सम्हालेको थिएँ ।’
उनले अगष्ट ४ मा तेस्रो पटक नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षकको रुपमा पद ग्रहण गरेका थिए । त्यसयता गालको प्रशिक्षणमा नेदरल्यान्ड्सले २० खेल खेल्यो ।
गाल भन्छन्, ‘मेरो तेस्रो कार्यकालमा नेदरल्यान्ड्सले २० खेल खेल्यो र एक खेल पनि हारेन ।’
अर्जेन्टिनासँगको पेनाल्टीमा हार बेहोरेको बारेमा उनी भन्छन्, ‘मलाई लाग्दैन यो हार हो । हामीमा पेनाल्टीमा चुकेका हौं । यसलाई हार भन्न मिल्दैन ।’
उनले जाँदा जाँदै आफूले एक उत्कृष्ट नेदरल्यान्ड्सको टोली निर्मण गरेको बताए । ‘म प्रशिक्षणबाट बिदा लिन लागे पनि एक उत्कृष्ट टिम बनाइ बिदा लिँदै छु । म यसलाई निकै सकरात्मक रुपमा लिन्छु’, उनले अर्जेन्टिनासँगको खेलमा हार बेहोरेपछिको पत्रकारसँगको कुराकानीमा भनेका थिए ।
करिब दुई दशकदेखि प्रिण्ट तथा इलेक्ट्रोनिक मिडियामा लेखन कार्यमा निरन्तर क्रियाशील लेखक/विश्लेषक/स्तम्भकार आचार्य लाल्टिन फाउण्डेशनद्वारा प्रवर्द्धित इ-सरोकार डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप