कांग्रेस पूर्वपदाधिकारी बैठक : कांग्रेसले सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने

  • ई-सरोकार
  • २०८१ माघ १२, शनिबार
  • ७४ पटक पढिएको

कांग्रेस पूर्वपदाधिकारी बैठक : कांग्रेसले सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने

१२ माघ, काठमाडौं । सरकारले ल्याएको अध्यादेशको नेपाली कांग्रेसले सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, कांग्रेसबाट बनेका मन्त्रीहरूको बैठकले अध्यादेश बारे आफ्ना सांसदहरुसंग सघन ढंगले छलफल गरेर सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेसबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 

डा. महतका अनुसार अध्यादेश बारे संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने कांग्रेसको तयारी छ ।

बैठकमा सरकारको काम बारे समेत मन्त्रीहरूले जानकारी गराएका थिए । प्रवक्ता महतले विचाराधीन विधेयकहरूलाई छिटो अघि बढाएर संसदको आगामी बैठकबाट पारित गर्नेगरी छलफल गर्ने बताए ।

डा. महतले संविधान संशोधन बिषयलाई छिटो अघि बढाउन सरकारी तहमा संयन्त्र नै गठन गरे अघि बढ्ने जानकारी आएको बताए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा गएका मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न निर्देशन दिएका थिए । अध्यादेश लगायतका बिषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट