काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका छन् । प्रधान आफैंले उम्मेदवारी फिर्ताको निवेदन दिएपछि स्वतः अस्वीकृत भएका हुन् ।
सोमबार अपराह्न संघीय संसद् भवन वानेश्वरमा बसेको समितिको बैठकले प्रधानलाई सर्वसम्मतले अस्वीकृत गर्ने निर्णय गरेको हो।
२ असारमा संवैधानिक परिषद्बाट निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध समितिमा यौन शोषणको उजुरी परेको थियो ।
अदालतमा मिलापत्र गरी एक करोड २५ लाख लेनदेन गरेको लगायतका विषयहरु सार्वजनिक भएपछि विवादमा तानिएका उनले आज सोमबार नै नाम फिर्ता लिएका थिए ।