स्वास्थ्य बीमामा रु. पाँच लाखको व्यवस्था गर्नेछु – मन्त्री पौडेल

  • ई-सरोकार
  • २०८१ माघ १४, सोमबार
  • ६० पटक पढिएको

स्वास्थ्य बीमामा रु. पाँच लाखको व्यवस्था गर्नेछु – मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु. एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।

आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु. पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”

बीमा रकम रु. पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो । उनले एकीकृत र एकद्वार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

अहिलेको मन्त्रीमण्डलमा प्रचार-प्रसारभन्दा निरन्तर नागरिकका स्वास्थ्यको बारेमा एक पछि अर्को सुधारात्मक काम गरिरहेका पौडेल सरकारकै सफल मन्त्रीका रुपमा परिचित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट