गुगलसँग प्रतिस्पर्धा गर्न ओपन एआईले ल्यायो आफ्नै सर्च इन्जिन

  • ई-सरोकार
  • २०८१ श्रावण १५, मंगलबार
  • १९३ पटक पढिएको

गुगलसँग प्रतिस्पर्धा गर्न ओपन एआईले ल्यायो आफ्नै सर्च इन्जिन

एजेन्सी । इन्टरनेट सर्च इन्जिनमा टेकजायन्ट कम्पनी गुगलको वर्षौंदेखि एकाधिकार छ । यस्तोमा गुगललाई टक्कर दिन च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो छुट्टै सर्च इन्जिन सार्वजनिक गरेको छ ।

सर्च जिपिटी नाम दिइएको उक्त सर्च इन्जिनलाई परीक्षणका रुपमा सीमित प्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध गराइएको छ।

सामान्य भाषामा सर्च इन्जिन त्यस्तो सफ्टवेयर हो जसले इन्टरनेटमा कुनै पनि कुरा खोज्न सहयोग गर्छ । उदाहरणका रुपमा गुगल, विङ, डकडक गो, याहु, बैडु आदिलाई लिन सकिन्छ ।

यी पुराना सर्च इन्जिनहरु एल्गोरिदम र इन्डेक्सिङमा आधारित छन् । तर, सर्च जिपिटी आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता)मा आधारित छ । जिपिटी- ४ मा आधारित सर्च जिपिटी परीक्षणका लागि सुरुम १० हजार प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ ।

त्यसो त गुगलले पनि आफ्नो सर्च इन्जिनमा एआई समावेश गर्ने घोषणा गरिसकेको छ । यद्यपि, वर्षौंदेखिको बर्चस्व कायम गर्दै आएको दुई ट्रिलियन डलरभन्दा ठूलो कम्पनी अल्फाबेटलाई ओपन एआईले चुनौति भने सिर्जना गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित