अमेरिकी डलरको मूल्यमा निरन्तर वृद्धि, नयाँ कीर्तिमान

  • ई-सरोकार
  • २०८१ माघ ६, आईतबार
  • १३ पटक पढिएको

अमेरिकी डलरको मूल्यमा निरन्तर वृद्धि, नयाँ कीर्तिमान

काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरले रेकर्ड कायम गरेको हो । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलर मात्रै होइन, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर ,हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि मूल्य वृद्धि भएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट