काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ तोकिएको छ ।
युरो एकको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ, ब्रिटिस पाउन्ड खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४२ रुपैयाँ तथा अष्ट्रेलियन डलर खरिददर ८७.५३ रुपैयाँ र बिक्रीदर ८७.९२ रुपैयाँ तोकिएको छ ।
यसैगरी, क्यानडियन डलरको खरिददर ९६.५७ रुपैयाँ र बिक्रीदर ९७ रुपैयाँ कायम भएको छ। जापानिज येन १० को खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.४२ रुपैयाँ र बिक्रीदर १८.५० रुपैयाँ कायम गरिएको छ ।
यता साउदी अरबियन रियाल र कतारी रियालको खरिददर क्रमशः ३५.६३ र ३६.६६ रुपैयाँ तथा बिक्रीदर ३५.७९ र ३६.८२ रुपैयाँ तोकिएको छ । युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिददर २८.८१ रुपैयाँ र बिक्रीदर २८.९४ रुपैयाँ कायम भएको छ ।