स्कुल बसले ठक्कर दिँदा भक्तपुरमा एक छात्राको मृत्यु

  • ई-सरोकार
  • २०८१ श्रावण २५, शुक्रबार
  • ५८ पटक पढिएको

स्कुल बसले ठक्कर दिँदा भक्तपुरमा एक छात्राको मृत्यु

भक्तपुर । भक्तपुरमा स्कुल बसले ठक्कर दिँदा एक छात्राको मृत्यु भएको छ। अक्सफोर्ड प्राक्टिकल स्कुलको बा २ क ९९११ नम्बरको बसको ठक्करबाट सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बालिका सोही स्कुलमा अध्ययनरत विद्यार्थी हुन्। स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

बालिकालाई डा ईवामुरा अस्पताल लगिए पनि अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो।

प्रहरीले भक्तपुर नगरपालिका‐२ ख्वामा बस्ने ५९ वर्षीय चालक कान्छा देउपाललाई बससहित नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट