३४ अर्ब बढी घाटामा रहेको प्राधिकरणको संचित नाफा साढे ४७ अर्ब पुग्यो

  • ई-सरोकार
  • २०८१ श्रावण २५, शुक्रबार
  • ७७ पटक पढिएको

३४ अर्ब बढी घाटामा रहेको प्राधिकरणको संचित नाफा साढे ४७ अर्ब पुग्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४७ अर्ब ४१ करोड रुपैयाँ संचित नाफा कमाएको छ। आठ वर्षअघि ३४ अर्ब ६१ करोड संचित घाटामा रहेको प्राधिकरणको नाफामा अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो।

प्राधिकरणमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले सो जानकारी दिएका हुन्। उनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । आर्थिक वर्ष २०७३/७४ मा एक अर्ब ५० करोड खुद नाफा कमाएको प्राधिकरणको नाफा गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड पुगेको छ।

विद्युतको महसुल तीन पटक गरी करिव २५ प्रतिशत घटाए पनि नाफामा वृद्धि भइरहेको उल्लेख गर्दै घिसिङले प्राधिकरणका करिब कूल ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको जानकारी दिए।

सिंचाइका लागि प्रतियुनिट दुई रुपैयाँमा विद्युत उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको छ। ‘विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ,’ पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले भने।

इक्रा नेपालले गरेको ‘क्रेडिट रेटिङ’मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको जानकारी दिँदै उनले यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व बहन गर्न सक्ने क्षमतामा देखिएको प्रष्ट पारे।

घिसिङकाअनुसार पछिल्लो आठ वर्षमा मात्र प्राधिकरणले करिब एक खर्ब रुपैयाँ पूँजिगत लगानी गर्न सक्षम देखिएको छ। प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट