हेलिकोप्टर दुर्घटना : तीन सदस्यीय जाँचबुझ आयोग गठन

  • ई-सरोकार
  • २०८१ श्रावण २३, बुधबार
  • २८ पटक पढिएको

हेलिकोप्टर दुर्घटना : तीन सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गर्न तीन सदस्यीय आयोग गठन गरेको छ। दुर्घटनापछि बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले जाँचबुझ आयोग गठनको निर्णय गरेको हो।

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वको आयोगको सदस्यमा एरोनोटिकल इन्जिनियरहरु विष्णु बस्नेत र तनुजा पोखरेल छन्। आयोगलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन समय दिइएको छ।

बुधबार दिउँसो १ः५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनको हेलिकोप्टर शिवपुरी गाउँपालिका– ७ सूर्यचौर (सुइरेचौर)मा दुर्घटनामा परेको थियो। दुर्घटनामा हेलिकोप्टर सवार पाँचैजनाले ज्यान गुमाएका छन्। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित