काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भई उपचाररत पाइलट मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत ९ साउनमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट शाक्य घाइते भएका थिए । पोखरा जान लागेको विमान उडेको करिब २० सेकेन्डमै खसेको थियो ।
शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि उनलाई नौ दिनपछि गएराति डिस्चार्ज गरिएको हो ।