त्रिवि सिनेट : नीति तथा कार्यक्रम रोकेर बजेट पास

  • ई-सरोकार
  • २०८१ श्रावण १६, बुधबार
  • ७९ पटक पढिएको

त्रिवि सिनेट : नीति तथा कार्यक्रम रोकेर बजेट पास

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) ले शैक्षिक सत्र ०८१/८२ का लागि २६ अर्ब १६ करोड ८७ लाख रुपैयाँको बजेट पारित गरेको छ । मंगलबार कुलपति तथा प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा बसेको त्रिवि सिनेट बैठकले सो बजेट पास गरेको हो ।

बजेट पास भए पनि त्रिविको नीति तथा कार्यक्रम भने रोकिएको छ । प्रधानमन्त्री ओलीले छिट्टै नीति अधिवेशन गर्ने भन्दै नीति तथा कार्यक्रम पेस गर्न रोकेपछि सभाले बजेट मात्र पारित गरेको हो ।

पारित बजेटअनुसार नियमित कार्यक्रमतर्फ चालू र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार रुपैयाँ अनुमान गरिएको छ । त्रिविले आन्तरिकतर्फ चालू र पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख तथा विकास कार्यक्रममा एक अर्ब पाँच करोड छुट्याएको छ ।

नियमित कार्यक्रमतर्फको खर्चमध्ये एक अर्ब ५७ करोड ६१ लाख ७० हजार केन्द्रीय आम्दानीबाट व्यवस्थापन हुने  अनुमान गरिएको छ भने बाँकी १२ अर्ब १४ करोड ३६ लाख १७ हजार विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग अनुदान माग गरिनेछ ।

तालिम, गोष्ठी र सेमिनारलगायत कार्यक्रमका लागि १३ करोड ३६ लाख ७७ हजार र अनुसन्धान तथा विकासतर्फ ५१ करोड ७४ लाख ६० हजार बजेट छुट्याइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट