वैदेशिक अध्ययन

एकै वर्ष एक लाख १२ हजार विद्यार्थीले लिए एनओसी

सबैभन्दा धेरै जापानका लागि
  • ई-सरोकार
  • २०८१ श्रावण १५, मंगलबार
  • १०६ पटक पढिएको

एकै वर्ष एक लाख १२ हजार विद्यार्थीले लिए एनओसी

काठमाडौं । वैदेशिक अध्ययनका लागि एकै वर्षमा एक लाखभन्दा धेरै विद्यार्थीले अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२ हजार ५९२ विद्यार्थीले वैदेशिक अध्ययन अनुमति लिएका हुन् ।

वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा जापान पहिलो नम्बरमा देखिएको छ । जापानका लागि सबैभन्दा धेरै ३४ हजार ७३१ जनाले अनुमति लिएका छन् । जापानपछि क्यानडा, अष्ट्रलेलिया, बेलायत, अमेरिका र दक्षिण कोरिया शीर्ष स्थानमा छन् ।

क्यानडाका लागि १५ हजार ९८२, अष्ट्रेलियाका लागि १४ हजार ३७२, बेलायतका लागि १३ हजार ३३९, अमेरिकाका लागि ११ हजार २६१ र दक्षिण कोरियाका ६ हजार ८८९ नेपालीले एनओसी लिएका छन् ।

यी पछि छिमेकी भारत पनि नेपाली विद्यार्थीको रोजाइमा देखिएको छ । गत आवमा २३८९ नेपाली विद्यार्थीले भारतमा अध्ययनको अनुमति लिएका थिए । तर अर्को छिमेकी देश चीनमा भने ४६९ जनाले एनओसी लिएका छन् ।

भारतपछि युएई, डेनमार्क, फिनल्याण्ड, फ्रान्स र न्युजिल्याण्डका लागि क्रमशः२१४७, १७५४, १५३५, १४८९ र १४४६ नेपालीले अध्ययन अनुमति लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट