जुगलमा करेन्ट सर्ट हुँदा पाँच घर जले : ६० लाख बराबरको क्षति

  • ई-सरोकार
  • २०८२ बैशाख ३, बुधबार
  • १०९ पटक पढिएको

जुगलमा करेन्ट सर्ट हुँदा पाँच घर जले : ६० लाख बराबरको क्षति

|Screenshot

करेन्ट सर्ट भएर आगलागी हुँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३, हाब्रामा पाँचवटा घर पूर्ण रूपले जलेका छन्। मानवीय र पशुचौपायाको क्षति नभए पनि दैनिक प्रयोग गर्ने घरायसी वस्तु अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद र गहना जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिनुभया।

एक्कासि करेन्ट सर्ट भएर सुरुमा एउटा मात्रै घरमा आगलागी भएको थियो। त्यसपछि क्रमशः अन्य चार घरमा आगो सल्किएको हो। आगलागीबाट पाँचवटै घरका मानिस विस्थापित भएका छन्।

प्रहरीका अनुसार स्थानीय प्रेम श्रेष्ठका दुईवटा घरमा आगलागी हुँदा अन्नपात, खाद्यान्न पिस्ने मेसिन, लत्ताकपडा र सुन जल्दा २६ लाख बराबरको क्षति भएको छ। कुमार श्रेष्ठको घर जल्दा १० लाख, मनकुमारी श्रेष्ठको सात लाख ४० हजार, मिलन श्रेष्ठको घर जल्दा १५ लाख बराबरको क्षति भएको छ। पाँचवटा घर जल्दा झन्डै ६० लाख बराबरको क्षति भएको र २० जना स्थानीय विस्थापित भएका सूचना अधिकृत यादवले जानकारी दिनुभया।

दिउँसो ३ बजे घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी सहायक निरीक्षक श्यामप्रसादविनय यादवको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट