लोकतन्त्रको विकल्प होइन यसैलाई सुदृढ बनाउने हो देउवा

  • ई-सरोकार
  • २०८१ माघ १८, शुक्रबार
  • २८ पटक पढिएको

लोकतन्त्रको विकल्प होइन यसैलाई सुदृढ बनाउने हो  देउवा

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् ।  प्रतिनिधिसभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने समेत बताएका छन् ।

उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै यसको विकल्प खोज्ने नभई सुदृढ बनाउनुपर्ने बताए ।  ‘हामीले अवलम्बन गरेका सबै प्रणालीमा लोकतन्त्रका सबै गुण विद्यमान छन् । संसारका कमै देशमा रहेको समानुपातिक प्रणालीको प्रतिनिधित्व अपनाएका छौ । लोकतन्त्र अनुशासनको पद्धति पनि हो’, देउवाले भने, ‘लोकतन्त्रको विशाल छहारीमा शिक्षित समाज निर्माण गर्नुपर्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट