सुनको मूल्य आज मात्रै २३ सयले बढ्यो

  • ई-सरोकार
  • २०८१ माघ १८, शुक्रबार
  • २९ पटक पढिएको

सुनको मूल्य  आज मात्रै २३ सयले बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर एक हजार ९१५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट